रुसी नौसेनाको जासुसी ह्वेल माछा नर्वेको समुन्द्रमा फेला

ओस्लो । रुसी नौसेनाको जासुसी ह्वेल माछा नर्वेमा फेला परेको छ । रुसले डल्फीन माछालाई जासुसीको रुपमा प्रयोग गर्ने भएकोले सो ह्वेल माछा रुसी नौसेनाले प्रशिक्षण दिएको हुनसक्ने नर्वेका अधिकारीहरुले बताएका छन् ।

विशेष फिता पहिरिएको बेलुगा प्रजातिको ह्वेलमा गोप्रो क्यामेरा जडान गर्ने फिता बेरिएको थियो । नर्वेका माझिहरुले उक्त ह्वेलमा बेरिएको फिता निकालेका थिए । उक्त माछाले नर्वेको माझिहरुको डुंगालाई ४ सय १५ किलोमिटर पछ्याएको बताइएको छ ।

उक्त ह्वेल निकै मनोरन्जनात्मक र मानवमैत्री भएको जनाइएको छ । माझिहरुले ह्वेल माछाको भिडियो समेत बनाएका छन् । रुसले भने उक्त ह्वेल आफ्नो नभएको जनाएको छ ।  सितयुद्ध ताका अमेरिकी नौसेनाले समेत समुन्द्रमा डल्फीन माछा मार्फत जासुसी गर्दथे । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...