दाइजोको निहुँमा पतिबाट जिउँदै जलाइएकी निर्मलाको मृत्यु

मट्टितेल छर्केर आगो लगाउने पति फरार

धनुषा । धनुषामा पतिले नै मट्टितेल छर्केर आगो लगाइएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शहीदनगर नगरपालिका १ ठुलो चिरैया बस्ने २१ वर्षीया निर्मलादेवी यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

घरायसी विवादको कारण वैशाख ५ गते उनकै पति मुकेश कुमार गोइतले मट्टितेल छर्केर आगो लगाई दिँदा गम्भीर घाइते भएको बताइएकी उनको कीर्तिपुर वर्ण अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

‘घटनाको भोलिपल्ट मात्र हामीले अस्पतालमा रहेको प्रहरीबाट जानकारी पाएका थियौं । त्यति समयसम्म पति फरार भइसकेका थिए,‘ एसपी खनालले भने । हाल फरार मुकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...