पाँच वर्षपछि आईएस नेता अल बग्दादी बोलेको भिडियो सार्वजनिक, श्रीलङ्का आक्रमणको जिम्मा

काठमाडौँ । पाँच वर्षपछि पहिलो पटक इस्लामिक स्टेट आईएस विद्रोही समुहका नाइके अबु बकर अल बग्दादीले बोलेको भिडियो सार्वजनिक गरेको छ । भिडियो सार्वजनिक भएपछि अमेरिकाले सो समूहलाई निमिट्यान्न पारिदिने बताएको छ ।

अमेरिकी अधिकारीहरूले सो भिडियो सन्देशको सत्यताबारे जाँच भइरहेको बताएका छन् । सिरिया र इराकमा उक्त समूहले आफ्नो नियन्त्रणमा रहेको भूभाग गुमाए पनि आईएस विरुद्धको लडाइँ नसिद्धिएको प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।

अल बग्दादी सन् २०१४ देखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनी मारिएको हुन सक्ने अनुमान गरिएको थियो । सो भिडिओमा अल बग्दादी भनि चिनाइएको व्यक्तिले सिरियामा मारिएकाहरूको बदलास्वरूप आफूहरूले आठ देशमा दर्जनौँ आक्रमण गरेको बताएका छन् ।

श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनको जिम्मा लिँदै ती व्यक्तिले अझ लामो सङ्घर्ष जारी रहेको बताए । यस अघि सन् २०१४ मा इराकी सहर मोसुलमा क्यालिफेट घोषणा गर्ने क्रममा बग्दादी देखिएका थिए । यसअघि रुस र इराकले हवाई आक्रमणमा अल बग्दादी सम्भवतःमारिइसकेको भनेका थिए ।

अमेरिकाले चाहिँ सन् २०१७ मा भएको एक आक्रमणमा उनी गम्भीर घाइते भएको र उनलाई महिनौँसम्म युद्धभूमिबाट पर लगिएको बताएको थियो । तर भिडियोमा स्वस्थजस्तो देखिने बगदादीलाई देखेपछि त्यसले आईएसका समर्थकहरूलाई प्रोत्साहन मिल्न सक्ने बताइएको छ ।

अबु बकर अल(बग्दादीको जन्म सन् १९७१ मा इराकको समारामा भएको हो । अबु बकर अल बग्दादी बाल्यकालको रुचि कुरान वाचन र धार्मिक विधानमा भएको बताइन्छ । इस्लामिक परम्पराको विधिवत् पालना नगरेको भन्दै उनले आफ्नै परिवारका सदस्यहरूको पनि आलोचना गर्ने गरेका थिए ।

पछि सद्दाम युनिभर्सिटीमा कुरानसम्बन्धी विषयमा स्नातकोत्तर तथा विद्यावारिधि गर्दै गर्दा उनी कट्टरपन्थी इस्लामिक समूहहरूमा संलग्न भए । सन् २००० को अन्त्यतिर आइपुग्दा उनले सलाफी जिहाद अङ्गीकार गरिसकेका थिए ।

उनी इराकमा अल काइदामा पनि संलग्न भए। सो समूहबाट इस्लामिक स्टेट लडाकु समूहको उदय भयो। उनी सन् २०१४ देखि सार्वजनिक रूपमा देखा परेका थिएनन्।









प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...