जापानका सम्राट अकिहितोले आज गद्धी त्याग्दै

टोकियो । जापानका सम्राट अकिहितोले मंगलबार गद्धी त्याग गर्ने भएका छन् । दुई सय वर्ष भन्दा बढीको समयमा जापानमा सम्राटले गद्धी त्याग्न लागेको यो पहिलो पटक हो । आज यस सम्बन्धमा राजदरबारभित्र विभिन्न औपचारिक कार्यक्रम गरिने बताइएको छ । 

८५ वर्षिय सम्राटलाई बुढ्यौली र स्वास्थ्य अवस्थाका कारण कार्यभार ग्रहण गर्न नसकिने अवस्थामा पदबाट हट्नका लागि कानुनी रुपमा अनुमति छ । उनका छोरा युवराज नारुहितोले गद्धी लिनेछन् । जापानका सम्राटलाई राजनीतिक अधिकार छैन तर उनी राष्ट्रिय प्रतीकको रुपमा चिनिन्छन् । 

विभिन्न परम्परागत कार्यक्रम सकिएपछि सम्राटले आफूले छोडेको जनाउन अन्तिम सम्बोधन गर्नेछन् । अकिहितो सन् १८१७ पछि पहिलो पटक यसरी स्वेच्छाले गद्धी त्याग्ने जापानी सम्राट हुन् ।  उनले सन् २०१६ मा गद्धी त्याग्ने विषयमा  घोषणा गरेका थिए ।

उनले त्यसबेलामा आफ्नो  स्वास्थ्यलाई नै कारण बताएका थिए । उनले छोडेपछि नारुहितोले १२६ औं सम्राटको रुपमा कार्यभार सम्हाल्नेछन् । ५९ वर्षिय नारुहितोले अक्सफोर्डमा अध्ययन गरेका हुन् । उनी २८ वर्षको उमेरमा युवराज भएको जापानी संञ्चारमाध्यामले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...