धरौटी बुझाउन नसकेपछि कलाकार प्रज्ञा जोशी जेल चलान

काठमाडौं । जग्गा किनबेचको बहानामा ठगी गर्दै हिँडेकी कलाकार एवं निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जग्गा मिलाइदिने भन्दै ५० लाख ठगी गरेको आरोपमा कलाकार जोशी इटहरीबाट पक्राउ परेकी थिइन् ।


जोशी अदालतले तोकेको ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन् ।


प्रहरीका अनुसार इटहरीमा लुकीछिपी बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि उनी पक्राउ परेकी थिईन् ।


नेपाल टेलिभिजनवाट प्रशारण भएको विभिन्न सिरियलमा अभिनय गरेकी जोशीले ‘नोटबुक’ नामक चलचित्र निर्माण गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...