इन्डोनेसियामा बाढीका कारण १२ जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् ।   

राजधानी जाकार्ता र बेङकुलु प्रान्तको पश्चिमी क्षेत्रमा आएको बाढीले विस्थापित भएकालाई नजिकै शिविर निर्माण गरी राखिएको अधिकारीले जनाएका छन् । इन्डोनेसियामा बाढीको प्रकोप बेला बेलामा भइरहने गरेको छ । बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...