जापानी राजकुमारको डेस्कमा चक्कुराख्ने व्यक्तिको खोजी

काठमाडौँ ।  जापानका सम्राट आकिहितोका १२ वर्षीय नाति पढ्ने विद्यालयको कक्षामा दुईवटा चक्कु भेटिएपछि प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती दुई धारिला हतियार राजकुमार हिसाहितो बस्ने डेस्कको छेउमा शुक्रवार फेला परेका हुन् ।

सम्राट आकिहितोले गद्दीत्याग गर्ने घोषणा गरिसकेकाले राजकुमार हिसाहितो अब जापानी राजगद्दीको उत्तराधिकारीको दोस्रो क्रममा हुनेछन् । विद्यालय परिसरमा अवैध रूपमा छिरेका एक व्यक्तिबारे पत्ता लगाउन प्रहरीले सीसीटीभीका दृश्य हेरेर अनुसन्धान गरिरहेको जनाएको जापानी सञ्चार माध्यामले जनाएका छन् ।

प्रहरीका अनुसार हेल्मेट र नीलो लुगा लगाएर निर्माण मजदुरजस्तो देखिने एक व्यक्ति ओचानोमिजु विश्वविद्यालयको परिसरमा रहेको विद्यालय भवनमा प्रवेश गरेको सीसीटीभीमा देखिएको छ । ती चक्कुहरू कक्षामा राखिँदा राजकुमार र उनका सहपाठीहरू विद्यालयको अर्को भागमा थिए।



राजकुमारलाई प्राय प्रहरीहरूले सुरक्षा दिन्छन् । तर विद्यालय कक्षामा प्रहरी नजाने गरेको राजदरबारसँग सम्बन्धित विषय हेर्ने निकायले क्योदो न्यूजलाई बताएको छ । अनुसन्धान गरिरहेको स्रोतले क्योदोलाई बताएअनुसार सबै कक्षामा डेस्कसँगै विद्यार्थीको नाम पनि टाँसिने गरेकाले राजकुमार बस्ने स्थान चिनिएको हुनुपर्छ । उनीहरूका अनुसार ती चक्कुको धारमा गुलाबी रङ्ग लगाइएको थियो ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...