कोदालाले हिर्काएर बुवाको हत्या

धनकुटा । छोराले कोदालोले हिर्काएर बुवाको हत्या गरेका छन् ।  धनकुटाको शहीदभूमि गाउँपालिका–४, पिप्लेमा शनिबार राति विवाद हुँदा १४ वर्षीय विज्ञान राईले कोदालाको पासोले हिर्काएर ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको टाउकोमा प्रहार गर्दा उनको घटनास्थल मै मुत्यु भएको प्रहरीले जनाएको छ ।

इन्द्रबहादुरको शव पोष्टमार्टमका जिल्ला अस्पताल धनकुटा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाबारे छिमेकीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी आँखीसल्लाका प्रहरी टोलीले विज्ञानलाई घरैबाट पक्राउ गरेको हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...