अमेरिकाको सियाटलमा क्रेन खसेर कार च्यापिँदा चार जनाको मृत्यु

सियाटल  ।  अमेरिकाको सियाटल साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेनको केही भाग खस्दाँ चार जनाको मृत्यु भएको छ ।  सडक गुडिरहेका गाडी च्यापिँदा चारजनाको ज्यान गएको छ भने तीन जना घाइते भएको समाचारमा जनाइएको. छ ।

निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् ।  ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना कारका चालक हुन् ।

एक महिला र उनको काखे बच्चा तथा अर्का एक अन्दाजी २० वर्षका युवा घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटना नेपाली समय अनुसार आइतबार बिहान सवा पाँच बजे भएको हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...