यहुदीहरुको प्रार्थनास्थलमा अन्धाधुन्ध गोली प्रहार, महिलाको मृत्यु

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियास्थित यहुदीहरुको प्रार्थनास्थल (सिनेगग)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।


सान डियागो शहरको उत्तरमा पर्ने पोवेस्थित यहुदीहरुको आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली गोली प्रहार गरेका हुन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा १९ वर्षका एक युवकलाई पक्राउ गरेको छ ।


आराधनास्थलमा पासओभर सेलिब्रेसन भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । प्रहरीले आक्रमणको कारण थाहा नभएको जनाएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणाका कारण उब्जिएको अपराध’ भनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...