पूर्वका ३ जिल्लामा क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न, साँढे १५ सयले लिए स्वास्थ्य सेवा

काठमाडौं । क्यान्सर रोग निवारणका लागि क्रियाशील नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले पूर्वका ३ जिल्लामा जनचेतनामुलक कायृक्रमसहित स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

‘समयमै उपचार गरे क्यान्सर निको हुनसक्छ’ भन्ने नाराका साथ वैशाख ६ देखि १४ गतेसम्म सिरहा, धनकुटा र सप्तरी जिल्लामा क्यान्सर रोग परिक्षण शिविरहरु सम्पन्न गरेको हो ।

तीन जिल्लाका ६ वटा स्थानमा सम्पन्न शिविरहरुमा  १ हजार ५ सय ५३ जना महिलाको पाठेघरको मुखको परिक्षण गरेको छ । जसमध्ये १ सय ३४ जना महिलामा रिङ प्रेसरी राखेको थियो भने ७ सय ४१ जना पुरुषको सामान्य क्यान्सर रोग परिक्षण गरिएको थियो । 

क्यान्सर रोग र सुर्तीजन्य पदार्थ सचेतना कार्यक्रमअन्र्तगत ६ वटा स्थानमा गरी ६ सय ३५जनलाई सामान्य क्यान्सर, पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर  र सुर्तीजन्य पदार्थकाबारे सचेतना प्रदान गरिएको थियो ।

नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालले सिाहा जिल्लाको लहान, धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका, धनकुटा नगरपालिका वडा नं. ३ कागते, वडा नं. १ को हिले र धनकुटा जिल्ला अस्पतालमा तथा सप्तरी जिल्लाको डाक्नेश्री नगरपालिका वडा नं. ५, पातोमा गरी ६ स्थानमा क्यान्सर रोग परिक्षण शिविर सम्पन्न गरेको हो । साथै धनकुटाको मुलघाटस्थित विश्रान्ती मन्दिर बृद्धाश्रममा निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण पनि गरेको थियो । 

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह र स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठसहित १८ जना टोलीले ६ वटै स्थानमा सामान्य क्यान्सर रोग परिक्षण, पाठेघरको मुखको परिक्षण र स्तन क्यान्सरको परिक्षण गर्नुका साथै सामान्य क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा सुर्तीजन्य पदार्थबारे सचेतना कार्यक्रमहरु पनि गरेको नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले बताए । उनले क्यान्सर रोग परिक्षण शिविरहरु सफल भएको र आगामी दिनहरुमा देशका अन्य स्थानहरुमा पनि क्यान्सर रोग परिक्षण शिविरहरुको आयोजना गर्ने बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...