दलाई लामा पूर्ण रुपमा स्वस्थ, धर्मशाला फर्किए

नयाँ दिल्ली । लामो समयदेखि अस्पतालमा उपचार गराई रहेका तिब्बतका धार्मिक नेता दलाई लामा निको भएर धर्मशाला फर्किएका छन्। 

नयाँ जिल्लीस्थीत एउटा नीजि अस्पतालमा भर्ना भएका लामा शुक्रबार आफ्नै निवासमा फर्किनु भएको उनका सहयोगीहरुले जनाएका छन् । छातीमा संक्रमण भएर असहज महशुष गरेपछि यही अप्रिल ७ तारिखका दिन उनलाई अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालबाट बाहिरिने क्रममा उनले संचारकर्मीसँग भने, “म पूर्ण रुपमा स्वस्थ भएको छु, मलाई अव कुनै रोगको समस्या छैन, विरामी हुन केही समस्या भएको थियो, तर अहिले पुरै स्वस्थ भएको छु ।” सन् १९८९ मा नोवेल शान्ति पुरस्कार पाएका लामा लामो समयदेखि भारतमा बस्दै आएका छन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...