श्रीलंका बम काण्डका मुख्य नाइके हासिम पहिल्यै मारिए

आईएसका १४० जनको पहिचान

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले २१ अप्रिल आइतबार श्रीलंकामा भएको बम आक्रमणको मुख्य अभियुक्त बम पड्केको समयमा नै मारिएको दाबी गरेका छन् ।

उनका अनुसार जहारान हासिम नामका ती व्यक्ति कोलम्बोमा रहेको सांग्रिला होटलमा मारिएका हुन् । उनले सो होटलमा बम पड्काउने कामको नेतृत्व गरेका थिए । उनको साथमा इल्हाम भन्ने अर्का व्यक्ति पनि रहेका थिए । 

सिरिसेनाले इस्लामिक अतिवादी समूह इस्लामिक स्टेट (आईएस)सँग सम्बन्ध राखेका आफ्ना देशका १४० नागरिकको पहिचान गरिएको पनि बताएका छन् । 

श्रीलंका प्रहरीका अनुसार हासिम स्थानीय इस्लामिक उग्रवादी समूह न्याशनल तौहीद जमातका नेता हुन् । बम आक्रमणको नेतृत्व गरेको हसिम केही वर्ष अघि बुद्धको मूर्ति तोडफोडमा पनि संलग्न थिए । उनले युट्युबमा मुश्लिम बाहेकका अन्यको विरुद्ध हिंसा गर्नुपर्ने आव्हान गरेको समेत पाइएको छ ।

उनी श्रीलंकाको कटनकुडी शहरका व्यक्ति हुन् । उनकी बहिनीले बीबीसीसँगको कुराकानीमा उनी दुई वर्षदेखि आफ्नो सम्पर्कमा नरहेको बताएकी छन् । आक्रमणमा हासिमले इल्हाम भनिने आत्मघाती आक्रमणकारीलाई सहयोग गरेको बताइएको छ । 

श्रीलंका सरकारको पछिल्लो तथ्यांक अनुसार अहिले सम्म सो घटनामा २५३ जनाको मृत्यु भएको छ । यसअघि ३६० जनाको मृत्यु भएको बताइएपनि त्यो गणनामा त्रुटी भएकाले संख्या घटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति सिरिसेनाका अनुसार इश्लामिक स्टेट (आएस) समर्थित १३० जना श्रीलंका भित्र छिरेको गुप्तचर निकायले अनुमान गरेको र ती मध्ये ७० जना पक्राउ परेको बताएका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...