‘कञ्चना’ मा ट्रान्स्जेन्डर बन्दै अमिताभ बच्चन

काठमाडौं, वैशाख । सामान्यतया उमेरले ७० नाघ्नु भनेको बुढ्यौलीले घेर्नु भन्ने बुझिन्छ तर कोही यस्ता मानिस हुन्छन् जसलाई उमेरले न आफ्नो काममा बाधा पुर्याउने कुरामा विस्वास गर्छन् न त आफ्नो रफ्तार कम गर्छन् । उमेरलाई जित्ने कमै मानिस मध्यका एक हुन बलिउडका महानायक अमिताभ बच्चन ।


भारतिय मिडियाका अनुसार ७१ वर्षको उमेरमा उनी हरर कमेडी फिल्म ‘कञ्चना’मा पहिलो पटक ट्रान्सजेन्डरको  भूमिका निभाउँदै छन् । तमिल  चलचित्र 'कञ्चना'को हिन्दी रिमेकमा अमिताभसँगै अक्षय कुमार पनि देखिने भएका छन् । चलचित्रमा कञ्चना एक ट्रान्सजेन्डर महिला हुन्, जसले आफ्नो मृत्युको बदला लिनका लागि राघवको शरीर चुनेको हुन्छ ।


तमिल फिल्ममा कञ्चनाको रोल आर शरद कुमारले निभाएका थिए भने हिन्दी भर्जनमा अमिता भले निभाउनेछन् । अक्षय कुमारले पनि चलचित्रमा  लिड रोल प्ले गर्नेछन् भने उनको पत्नीको भूमिकामा कियारा आडवानी अनुबन्धित भएकी छिन् । अक्षय १२ वर्ष पछी हरर चलचित्रमा ब्याक भएका हुन् । चलचित्रलाई राघव लरेन्सले निर्देशन गर्ने छन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...