‘द फेस अफ साउथ एशिया’का लागि नेपालका ९ मोडल भारत प्रस्थान

काठमाडौंं ।  भारतको पुनामा आयोजना हुने मोडलहरुको अन्तराष्ट्रिय प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल सहभागी भएका छन् । बिहिबारदेखि शनिबारसम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु बुधबार साँझ भारत प्रस्थान गरेका छन् । 

‘द फेस अफ साउथ एशिया’ एशियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता मानिएके छ । प्रतियोगितामा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल ( मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल)का सहभागी छन् ।

नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसिया भरिका देशका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहने कार्यक्रममा हरेक देशबाट सहभागी मध्य एकलाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ । 

यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुस मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’मा सहभागी हुनेछन् । बिगतका बर्षहरु भन्दा यो बर्ष अझ बृहतर रुपमा प्रतियोगिता आयोजना हुन लागेको हो । 

प्रतियोगिताका लागि नेपाली मोडलहरु नेक्स्ट मोडल्स नेपालले पठाएको हो । प्रतियोगितामा सहभागीले नेपाली कला संस्कृति झल्कने पहिरन, भेषभुसा लगायत बिभिन्न पक्ष प्रस्तुत गरेर नेपाललाई बिश्वमा अझ राम्रोसँग चिनाउने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।

प्रतियोगितामा नेपालको नाम उच्च राख्दै उपाधि नेपाल भित्र्याउने उदेश्य सहित आफुहरु भारतको पुना जान लागेको सहभागी मध्य एक आशिष केसी बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...