श्रीलंका आक्रमण गर्नेमध्ये दुई युवक धनाढ्य व्यापारीका छोरा भएको पुष्टि

काठमाडौं ।  ‘इस्टर सण्डे’को दिन श्रीलंकामा गरिएको आक्रमणमा संलग्न दुई आक्रमणकारी कोलोम्बोको एक धनाढ्य मसाला व्यापारीको छोराहरु रहेको प्रतिष्ठित समाचार संस्था सीएनएनले जनाएको छ । 


अनुसन्धानबारे जानकार दुई स्रोतको हवाला दिदैं सीएनएनले ती दुई जना दाजु भाई भएको र तिनको नाम इम्स एहमेद इब्राहिम र इल्हाम एहमद इब्रोहिम रहेको जनाएको छ । भारतीय समाचार वेबसाइट फस्टपोस्टले पहिलो पटक ती दुई दाजुभाईको परिचय सार्वजनिक गरेको थियो । सो बेवसाइटले ती दाजुभाई ३० भन्दा केही बढी उमेरको भएको बताएको छ । 


तिनका पिता मोहमेद इब्राहिम कोलम्बोमा रहेको इशाना एक्सपोर्टका संस्थापक हुन् । कम्पनीको बेवसाइटमा ‘कम्पनी सन् २००६देखि श्रीलंकाको सबैभन्दा ठूलो मसाला निर्यातक’ लेखिएको छ ।  


आक्रमण लगतै गरिएका श्रृङ्खलावद्ध पक्राउका क्रममा मोहमेद पनि थिए । तर उनीमाथि कुनै मुद्धा भने चलाइएको छैन ।  रिपोर्ट अनुसार इम्ब्राहिम परिवार श्रीलंकाको राजधानी कोलम्बोको सबैभन्दा धनी मुसलमान परिवारमध्य एक हो । 


आइतबारको आक्रमण आत्मघाती आक्रमण थियो । हालसम्म आक्रमणमा मृतकको संख्या ३५९ पुगेको छ भने ५०० भन्दा बढी घाइते छन् । घटनाको पछिल्लो अपडेड जानकारी गराउन बुधबार श्रीलंकाका रक्षा मन्त्रीले एक पत्रकार सम्मेलन आयोजना गरे । 


त्यसक्रममा मन्त्री रवान विजेवार्देनेले आक्रमणमा संलग्न व्यक्तिहरुको पृष्ठभूमि ‘डरलाग्दो’ भएको बताए । उनले अनुसन्धानबाट आत्मघाती आक्रमणमा संलग्नहरु राम्रो शिक्षा लिएका, उच्च मध्यम वर्ग परिवारका र आर्थिक रुपमा स्वतन्त्र रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...