श्रीलंका नरसंहारको जिम्मा आइएसले लियाे, हमला गर्नेको तस्विर सार्वजनिक

काठमाडौं । श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम आक्रमणको जिम्मेवारी लिएको इस्लामिक स्टेट आइएस समूहले हमलामा संलग्न भएकाहरुको तस्विर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तस्विरमा ८ जना आतंककारीहरु रहेका छन्। 

जसमध्ये १ जनाको मात्रै अनुहार देखिएको छ भने अन्यले कालो कपडाले मुख छोपेका छन्। ट्वीटर मार्फत तस्विर सार्वजनिक गर्दै आइएसले ती ८ जना ब्यक्तिहरुले नै श्रीलंकामा हमला गरेको जनाएको छ।  श्रीलङ्कामा गत आइतबार भएका श्रृङ्खलाबद्ध बम आक्रमणमा ३ सय २१ जनाले ज्यान गुमाएका थिए। अन्य ५ सय जना घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

मृतकहरुको मंगलबार राष्ट्रिय शोकका माझ सामूहिक रुपमा अन्तिम संस्कार गरिएको थियो। आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले हालसम्म ४० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। श्रीलंकामा अन्य अप्रिय घटना हुन नदिन भन्दै कफ्र्यू लगाइएको छ।

श्रीलङ्काली सरकारका अधिकारीहरुले कुनै अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा श्रृंखलावद्ध विस्फोट गराईएको भन्दै स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ। एजेन्सी

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...