धनकुटाको कागतेमा क्यान्सरको शिविर सम्पन्न

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३, कागतेमा बृहत क्यान्सर रोग परिक्षण शिविर सम्पन्न भएको छ । 

नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाको  आयोजनामा भएको सो शिविरमा २ सय ८० जना महिलाहरुको भिआईए परिक्षण गरिएको छ । जसमध्ये १२ जना महिलाहरुमा रिङ प्रेसरी राखियो भने १ सय ४६ जना पुरुषको सामान्य क्यान्सर रोग परिक्षण गरियो । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाह, स्त्री रोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठ र डा. मुना कार्की लगायत १८ जना टोलीले स्वास्थ्य परिक्षण गरिएको थियो । 

सो शिविरको उद्घाटन कार्यक्रमका नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले समयमै उपचार गरे क्यान्सर निको हुन सक्छ भन्ने सन्देशका साथ धनकुटामा क्यान्सरसम्बन्धी शिविर सञ्चालन गरिएको बताए । उनले नलजाई उपचार गरे क्यान्सर रोग निको हुने भएकाले छरछिमेकमा पनि त्यही सल्लाह दिन आग्रह गरे । 

उद्घाटन कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाका सभापति नारायण रिजालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा नं. ३ का वडाध्इक्ष विकास घिमिरे लगायतले क्यान्सर रोगबारे जानकारी दिएका थिए । 

धनकुटा नगरपालिका वडा नं. ३ र शहरी स्वास्थ्य केन्द्र धनकुटा–३ ले प्रायोजन गरेको सो शिविरको समृद्धि युवा क्लब, धनकुटा लेडी जेसिस (प्र), भाषा माध्यमिक विद्यालय र मोडल इंग्लिस बोर्डिङ स्कूल कागते सहयोग गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...