पूर्वमन्त्री ताम्राकारको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीको भैरहवा निवासी ताम्राकारको उपचारका क्रममा काठमाडौँमा निधन भएको हो ।
ताम्राकार २०४८ र २०५६ सालमा रुपन्देहीबाट सांसदमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ताम्राकारको निधन भएको पुष्टि गर्दै कांग्रेसले बुधबारदेखि गर्न लागेको जागरण अभियान केहीदिन पछि सर्ने बताए ।
प्रतिकृया दिनुहोस