बुवाको अस्वीकृतिले रोकियो अर्जुन कपूर र मलाइकाको बिहे, बलिउडमा मच्चियो हंगामा

काठमाडौं । अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको जोडीले बलिउडमा हंगामा मच्चाएको छ। केहि समय पहिला १९ अप्रैलमा अर्जुन र मलाइकाको विवाह हुने खबर सुन्‍नुमा आएको थियो।तर अर्जुन कपूरका बुबा बोनी कपूरका असहमतिका कारण दुवैले विवाह रोकेका हुन् ।

तोकिएको मितिमा विवाह नभए पनि मलाइका दुलहीको पहिरनमा सजिएकी छिन्। मलाइकाले सपिङ वेबसाइटको लागि फोटो सुट गरेकी छिन्। मलाइकाले आफ्नो सामाजिक सञ्जालमा दुलहीको पहिरनमा सजिएको फोटोहरु सेयर गरेकी छिन्। दुलहीको पहिरनमा उनी निकै सुन्दर देखिएकी छिन् ।

उनले रातो लेहेङगा लगाएकी थिइन् र कपाललाई खुल्ला छोडेकी थिइन् । उनले फोटोको क्याप्सनमा लेखेकी छन् ‘समर विवाहका लागि यो राम्रो विकल्प हो ।’ मलाइकाले फोटोसुटका फोटोहरु १९ अप्रिलमा पोष्ट गरेकी हुन् । यो मिति र मलाइकाको दुलहिको अवतारलाई लिएर धेरै जिज्ञासाहरुलाई जन्म दिइरहेको छ ।

मलाइकाले अरबाज खानसँग छोडपत्र लिएको २ वर्ष भइसक्यो।गर्तवर्ष अक्टुबरदेखि मलाइका र अर्जुन एकअर्कासँग समय विताइरहेको देखिन्छन् । त्यस्तै मलाइकाले करण जौहरको च्याट शो ‘कफि वइथ करण’मा अर्जुन कपूरलाई मन पराउने कुरामा सहमती जनाएकी थिइन् । सामाजिक सञ्जालमा दुबै एक अर्काको प्रशंसा गरिरहेका पनि देखिन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...