भारतीय नायीका आलीय भट्ट के ब्रिटिस मुसलमान नै हुन् त ?

Alia and soni

काठमाडौं । भारतमा कलाकार विभिन्न कारणले चर्चामा आउने गर्छन् । र, कहिले काँही अनावश्यक रुपमा विवादमा पनि आउने गर्छन् । अहिले भारतीय अभिनेतृ आलिया भट्टको चर्चा चलेको छ ।

अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले पनि उनको ट्विटर ह्याण्डलमार्फत जुनैद नामका एक भारतीय नागरिकको हत्याको मुद्दालाई ‘मोब लिञ्चिङ’ र (गाइको मासु बेचेको आरोपमा हिन्दूद्वारा मुसलमानको हत्या) को विषयसँग जोड्दै मतदान गर्नुअघि त्यस कुरालाई याद गरेर मतदान गर्न भनेकी थियन्, यसले आलियाको विषयमा पनि जोडिएको छ ।

सोनी राजदानको यस किसिमको ट्वीटको जवाफमा अभिनेत्री पायल रोहतगीले एक भिडियो शेयर गर्दै जुनैद नामका भारतीय नागरिकको हत्याको कारणमा सोनी राजदानले दिएको जानकारी गलत रहेको बताएकी छिन् । साथै सोनी राजदान भारतीय नागरिक नभएको र उनले भारतमा घृणा फैलाइरहेको आरोप लगाएकी छिन् ।

पायलले भनेकी छिन्, ‘मलाई हालै मात्र थाहा भयो कि महेश भट्टकी दोस्रो श्रीमती तथा आलिया भट्टकी आमा सोनी राजदान ब्रिटिस मुसलमान हुन् । अझै सायद उनी कानुनी रुपमा भारतीय नै होइनन् । उनीसँग भारतीय नागरिकता पनि छैन । सोनी राजदान ब्रिटिस नागरिक हुन् । उनीसँग ब्रिटिस पासपोर्ट छ । अभिनेत्री आलिया भट्ट पनि ब्रिटिस नागरिक हुन् । उनीसँग पनि भारतीय नागरिकता छैन । आलियासँग पनि ब्रिटिस पासपोर्ट छ । सायद महेश भट्टकी पहिलो पत्नीले महेशलाई डिभोर्स दिएकी थिइनन् । यसै कारण महेश भट्टले इस्लाम धर्म अपनाएर सोनी राजदानसँग विवाह गरेका थिए ।’

पायलले अगाडि भनेकी छिन्, ‘ती सोनी राजदान जो कुनै पनि रुपमा भारतीय होइनन्, उनैले आफ्नो ट्विटरमार्फत निर्दोष हिन्दूहरुलाई आरोप लगाउँदै भनिरहेकी छिन् कि ‘जुनैद नामका युवकलाई ट्रेनमा सिट शेयर गर्ने बहानामा गौहत्याको आरोपमा मारिएको थियो ।’

अभिनेत्री पायल रोहतगीले आलिया भट्टको नागरिकतामा सवाल उठाउँदै भनेकी छिन्, ‘सोनी राजदान र आलिया भट्ट दुबै भारतमा मतदान गर्न सक्दैनन् । तर उनैले ट्वीट गर्दै भनिरहेकी छिन कि ‘मतदान गर्दा जुनैदको बारेमा सोचौं ।’ जसको मृत्यु आपसी झगडाका क्रममा भएको थियो । तर उनी यस कुरालाई नकारात्मक कुरासँग जोडेर मतदानको क्रममा भारतीय नागरिकलाई भड्काउँदै उनीहरुको विचार परिवर्तन गर्न खोजिरहेकी छिन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...