अक्षय कुमारका सर्वाधिक कमाउने १० फिल्म

2oxaeaigsnqhlxw8zqi7

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार लगातार सफल फिल्म दिइरहेका छन्। उनका फिल्म सीमित बजेटबाट बन्छन् र धेरै नाफा कमाउँछन्। उनी यस्ता अभिनेता मानिन्छन्, जसका फिल्मले १२० देखि १४० करोडको बीचमा रकम कलेक्सन गर्छन्। उनी वर्षेनि चार वटा जति यस्ता फिल्ममा काम गर्छन्।

अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘केसरी’ राम्रो प्रदर्शन भइरहेको छ र बक्स अफिसमा सफल सावित भइसकेको छ। नायकको रुपमा सबैभन्दा बढी कमाउने अक्षय कुमारको फिल्म यही हो। यो फिल्मले प्रदर्शन भएको १८ दिनमा १४० करोड कलेक्सन गरिसकेको छ र अहिले पनि हलमा प्रदर्शन भइरहेको छ।

अक्षयको सर्वाधिक रकम जम्मा गर्ने फिल्म भने ‘२.०’ हो। तर, यो फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा थिए। यो फिल्मको हिन्दी भर्सनले १८८ करोड रुपैयाँ कलेक्सन गरेको थियो।

अक्षय कुमारका सर्वाधिक कमाउने फिल्मः
– २.० (हिन्दी भर्सन) : १८८ करोड
– केसरी : १४३.०२ करोड (१८ दिनको)
– ट्वाइलेट एक प्रेम कथा : १३३.६० करोड
– राउडी राठौर : १३१ करोड
– एअरलिफ्ट : १२९ करोड
– रूस्तम : १२७.४२ करोड
– जोली एलएलबी २ : ११७ करोड
– हाउसफुल २ : ११४ करोड
– होलिडे : ११२.६५ करोड
– हाउसफुल ३ : १०७.७० करोड

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...