इजरायलमा नेतान्याहू पाँचौ पटक प्रधानमन्त्री बन्दै
इजरायल । इजरायल भएको निर्वाचनबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दलले बढी सीट जितेको छ । यद्यपि, मतदानमा कुनै पनि दलले बहुमत ल्याउन सकेन । अब त्यहाँ गठबन्धन सरकार बन्ने छ । प्रधानमन्त्री नेतान्याहूको लिकुड पार्टी बढी सीट जितेर ठूलो दल बनेकाले उनी फेरि अर्थात् पाँचौं पटक पनि प्रधानमन्त्री हुने सम्भावना बढेको छ । त्यसका लागि उनले साना दलसँग सहकार्य गर्नुपर्ने छ ।
भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय नेतान्याहूमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो । १२० सदस्यीय इजरायली संसद (नेसेट) मा नेतान्याहूको पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थान जितेका छन् । मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । तर दुबै पार्टीले स्पष्ट बहुमत पाउन सकेनन् ।
लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थनमा सरकार बनाउने देखिन्छ । प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिएका छन् । तर ब्लू एण्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस