इरान बाढी: ठूलो वर्षा हुने पूर्वानुमानपछि हजारौँ जनालाई सुरक्षित स्थलमा सारियो

Iran

इरान । बाढीग्रस्त इरानमा शनिवार पनि ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिँदैछ। मुख्य नदीका बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बनाइराख्दा देशको दक्षिणपश्चिम प्रान्तहरूमा असर गर्ने देखिएको छ।

उक्त क्षेत्रबाट महिला र बालबालिकालाई सुरक्षित स्थानतिर सारिँदै छ भने पुरुषहरूलाई उद्धार तथा राहतको काममा सहयोग गर्न तिनै क्षेत्रमा बस्न भनिएको छ। केही सातादेखि भएको वर्षामा देशका केही भागहरू जलमग्न भएका छन्। हालसम्म मृत्यु हुनेको सङ्ख्या हालसम्म ७० पुगेको छ।

जोखिम

पचास हजार जनसङ्ख्या भएको सुसानगर्डजस्ता नगरहरू बाढीको जोखिममा छन्। त्यहाँबाहेक खुजेस्तान प्रान्तका अन्य पाँच समुदायबाट पनि मानिसहरूलाई अन्यत्र सारिँदैछ।

गत साता यो प्रान्तबाट करिब ७० गाउँहरू खाली गरिसकिएको छ। यो क्षेत्र तेलका लागि धनी छ र यहाँ रहेका ऊर्जा कम्पनीहरूले पम्प प्रयोग गरेर पानी हटाउँदै राहतमा सघाइरहेका छन्।

मार्च १९ मा सुरु भएको वर्षाका कारण इरानका झन्डै १९ सय नगर, सहर र गाउँहरूलाई प्रभावित भएका छन्। हजारौँ सडक, पुल र भवनहरू क्षतिग्रस्त भएका वा भत्किएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...