अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट, रक्तपात रोक्न अपील

Toyputa

काठमाडौं । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ ।

सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो ।

योसँगै विद्रोही सेना त्रिपोलीबाट करिब ५० किलोमिटर नजिक पुगेको छ । जहाँ उनीहरुको अन्य सशस्त्र समूहहरुसँग संघर्ष भइरहेको बताइएको छ ।

राजधानी त्रिपोलीबाट लिवियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हफ्तारसँग गरेको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

उनले राष्ट्र संघ सुरक्षा परिषद्मा पनि हफ्तारलाई रोक्न अपील गरेका छन् । महासचिव गुटेरेस त्रिपोलीमै भएका बेला हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएका हुन् ।

यसपछि पनि गुटेरेसले हिंसा रोक्नका लागि निकै लामो छलफल गरेको बताइएको छ । त्यसमा पनि कुनै ठोस परिणाम आउन सकेको छैन ।

बैठकपछि महासचिव गुटेरेसले रक्तपात रोक्न कुनै न कुनै उपाय अबलम्बन गर्नुपर्ने बताए ।

उनले राष्ट्र संघले राजनीतिक समस्या समाधान गरी लिवियाली जनतालाई एक बनाउनुपर्ने बताए ।

हफ्तारको लिवियन नेसनल आर्मी त्रिपोलीतर्फ अघि बढीरहेका बेला पूर्वी शहर मिसरातामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थक सशस्त्र समूहले त्रिपोलीको रक्षाका लागि भन्दै आफूहरु तयारी अवस्थामा रहेको चेतावनी दिएको छ

त्रिपोलीमा हुन लागेको संघर्ष रोक्न राष्ट्र संघका महासचिव गुटेरेस, अमेरिका र युरोपेली मुलुकहरुले अपील गरेका छन् । त्यस्तै, रुस, फ्रान्स र बेलायतलेसमेत शान्तिका लागि अपील गरेका छन् ।

यसअघि अमेरिका, बेलायत, फ्रान्स र युएइले पनि संयुक्त वक्तव्य जारी गर्दै शान्ति कायम गर्न अपील गरेका थिए ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...