गर्मी मौसममा खुर्सानी खानुस्, यस्ता छन् फाइदाहरू
काठमाडौं । गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नुपर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन् । गर्मीमा के खाने र के नखाने भन्ने कुरा थाहा पाउन सकेमा धेरै समस्याहरु नजिक पर्दैनन् ।
गर्मीमा खुर्सानीको प्रयोगले सहयोग गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर हो गर्मीमा खुर्सानीले जिउको तापमान नियन्त्रण गर्न सहयोग गर्छ ।
चिसो सोडा रहेको पेय भन्दा पिरो खानाले गर्मीमा सहयोग गर्छ भन्दा अचम्म परिन्छ होला तर यो साँचो हो । चिसो पेयले पाचन प्रणाली लगायत धेरै शारिरिक असर गर्दछ । चिसो पेयले शारिरिक तापमानका लगि सहयोग नि गर्दैन
साइन्टिफिक अमेरिकनमा ब्यरी ग्रिन लेख्छन ‘मुखमा खुर्सानी वा मरिचको पिरो पुग्ने बित्तिकै केनद्रीय स्नायु प्रणालीले जिउमा तापमान बढेको सुचना पाउँछ र तुरुन्त तापमान मालउनका लागि जिउबाट पसिना निस्किन शुरु हुन्छ ।‘
मुखको पिरोलाइ स्नायु प्रणालीले पुरै जिउको तापमान भनेर बुझ्दा गर्मीबाट बचाउन जिउले पसिना निकाल्छ जस्ले सितलता प्रदान गर्दछ ।
जबसम्म पिरो खाना खाँदा शरिरमा पानीको मात्रा उपयुक्त रहिरहेसम्म पिरोले गर्मीमा शारिरिक तापमानलाई नियन्त्रण गरिरहन्छ । पिरो खानु छिटो र सरल उपाय हो । शरिरमा पानीको मात्रा उपयुक्त राख्न पानी पीउने काम भने गरिरहनु पर्छ ।
प्रतिकृया दिनुहोस