ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत, प्रधानमन्त्री मे दबाबमा

Tereja

काठमाडौं । बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत सांसदले मतदान गरेका छन् ।

ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोधलाई हटाउने प्रयास जारी रहेका बखत केवल १ मतको बहुमतले समयसीमा बढाउने प्रस्तावले बहुमत हाँसिल गरेको हो ।

संसदको यो बहुमतले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई युरोपेली संघसँग ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउनका लागि समय माग्न बाध्य तुल्याउने छ ।

ताकि बेलायतलाई विना सम्झौता युरोपेली संघबाट बाहिरिन नपरोस । प्रधानमन्त्री मेले जारी गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलसँगको संवादलाई पनि अघि बढाएकी छन् । 

प्रधानमन्त्री कार्यालयले प्रतिपक्षी दल  लेवर पार्टीका नेता जेरेमी कार्विनसँगको छलफललाई सकारात्मक भनेको छ ।

उता प्रतिपक्षी दलका नेता कार्विनले भने आफुले आशा गरेअनुरुप प्रधानमन्त्रीलाई नपाएको बताएका छन् । 

ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउन लेवर पार्टीको तर्फबाट पेश गरिएको यो विधेयकलाई संसदले एकै दिनमा पारित गरेको हो ।

तर कानुन बन्नको लागि माथिल्लो सदन हाउस अफ लर्डसबाट यो विधेयक पारित हुन जरुरी छ ।

ब्रेक्जिटको समयसीमा बढाउने बेलायती प्रस्ताव स्वीकार गर्ने या अस्वीकार गर्ने भन्ने विषय भने युरोपेली संघमै निर्भर रहेको छ । विपक्षी दलसँग गरेको छलफलप्रति सत्तारुढ दलका केही सांसदहरुले भने आपत्ति जनाएका छन् ।(एजेन्सी)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...