प्राइम बैंकमा आगलागी, सात लाखको क्षति

Prime commercial bank

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा रहेको प्राइम कमर्सियल बैंकको शाखामा मंगलबार बिहान आगलागी भएको छ । सो बैंकमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ ।

बिहान ६ बजे विधुत् सट भएर आगो लागेको थियो । आगलागीबाट कार्यालयको कम्प्युटर प्रिन्टर तथा फर्निचर लगायतका सामान जलेर नष्ट भएको भएको छ ।

विकास तामाङको २ तले घरको भुइतल्लामा रहेको प्राइम कमर्सियल बैंकमा अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको जनाइएको छ । आगो स्थानीय र प्रहरी करिब २० मिनेटमा नियन्त्रणमा लिएकाले ठूलो क्षति नभएको प्रहरीको भनाई छ ।

सभापोखरी(६ देवाल लाइनमा रहेको बैंकको शाखामा आगालागी हुँदा करिब ७ लाख रुपैयाँ क्षति भएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...