नेपाल लगानी सम्मेलन २०१९: लगानीकर्ताको प्रतिवद्धता आज

8 15

काठमाडौं । सरकारले ३० खर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको ‘नेपाल लगानी सम्मेलन २०१९’ हिजोदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सरकारी पदाधिकारी, विकास साझेदार र विदेशी लगानीकर्ता गरी ३९ देशका ७३९ प्रतिनिधि सहभागी छन् ।

तीनै तहको निर्वाचनपछि बनेको स्थिर र बलियो सरकारले सम्मेलनमा आफ्नो आर्थिक नीति सुनाउँदै उनीहरूको विश्वास जित्ने भरपूर प्रयास गरेको छ । सरकारले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका ७७ परियोजनामा विदेशी लगानी आह्वान गरेको छ  ।

सहभागी प्रतिनिधिले हिजो सम्मेलनबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । केही उद्योगीले लगानीको घोषणासमेत गरिसकेका छन् । यसबाट सरकार उत्साही देखिएको छ । लगानीकर्ताको प्रतिबद्धता भने आज मात्रै टुंगो लाग्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...