अमेरिकी चुनावमा रुसी दखलबारेको बहुप्रतिक्षित मुलर प्रतिवेदन पेश

1081360575president donald trump left has criticised robert muellers right

काठमाडौँ । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी दखलका बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति चुनावमा रुसी दखल र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबिचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो ।

मुलरले महान्यायाधीवक्त विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपिकरण गर्ने छन् र कांग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने छन् ।

मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उद्धृत गर्दै सिएनएन, बिबिसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रमपका ६ पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाएका छन् ।

महान्यायाधीवक्ता विलियमले कंग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यहि सप्ताहन्तमा पेश गर्ने जनाएका छन् । मुलरले २२ महिना लगाएर आफ्नो प्रतिवेदन तयार पारेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...