विद्यार्थी सवार एक बस ड्राइभरले नै गरे अपहरण

As7rqlujl5uzfmmlhhgb

काठमाडौं । इटालीमा विद्यार्थी सवार एक बस ड्राइभरले नै अपहरण गरेका छन् ।

इटालीको मिलानमा ५१ जना विद्यार्थी सवार स्कुल बस ड्राइभरले अपहरण गरी दुर्घटनामा पारेका हुन् । बसमा बन्धक बनाइएका बालबालिकालाई प्रहरीले बसको झ्यालबाट उद्दार गरेको छ ।

बसका ड्राइभर इटालियन नागरिक भए पनि उनी सेनेगलबाट गएको बताइएको छ । अपहरणमा परेका बालबालिका कोही पनि गम्भीर घाइते भने भएका छैनन् ।

१४ जनालाई भने धुवाँले समस्या भएको छ । बस अपहरण गरेका ड्राइभरले कोही पनि जीवित नरहने बताएका थिए ।

मिलानका प्रहरी प्रमुख फ्रान्सेस्को ग्रेइकोले सबै बालबालिकालाई सफलतापूर्वक उद्धार गर्न सफल हुनेलाई अपूर्व बनेका छन् ।

बसमा रहेका एक शिक्षकले ओसेयनोउ सी नाम गरेका ड्राइभर आप्रवासी सम्बन्धी इटालीको रणनीतिप्रति आक्रोशित भएको बताए ।

यस्तै भूमध्य सागरमा भइरहेको आप्रवासीको निधनबाट उनी आक्रोशित थिए ।

ड्राइभरविरुद्ध अपहरण, आमहत्याको प्रयाससहितका मुद्दा दर्ता गरिएको इटालीका अधिकारीले जनाएका छन् ।(एजेन्सी)

 
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...