माओवादीले थापेको विद्युतिय धरापमा सुरक्षाकर्मी, ९ जना घाइते
काठमाडौँ । भारत छत्तिसगढको बीजापुर जिल्लामा सुरक्षाकर्मी सवार बस माओवादीले थापेको विद्युतिय धरापमा परेको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार चुनावको लािग खटिएका सुरक्षाकर्मी सार्वजनिक बसमा सवार गर्दै थिए ।बीच सडकमा विस्फोटमा परी सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् ।
नक्सल विरोधी अभियानमा खटिएका प्रहरी उपमहानिरीक्षक सुन्दराज पीले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको संचारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
उनका अनुसार घटना बुधबार साँझ ७ः४५ मा घटना भएको थियो ।
प्रहरीले घटना स्थल पुगेर खोजी कार्य जारी राखेपनि माओवादीलाई भेटाउन सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अप्रिल ११ र १८ मा हुने लागेको लोकसभा चुनावको लागि सुरक्षाकर्मी गाउँगाउँमा पुगेपछि माओवादीले पनि गतिविधि बढाएका छन् ।
त्यस्तै अप्रिल २३ गरी तीन चरणमा निर्वाचन हुँदैछ । लोकसभाका ११ सिटको लागि छत्तिसगढमा चुनाव हुँदैछ ।
प्रतिकृया दिनुहोस