‘स्वास्थ्य क्षेत्र राजनीतिक कारणले बर्बाद भयो’

Upendra

चितवन। उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताएका छन् । आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताए । देशका धेरै अस्पताललाई नेताले बिगार्ने काम गरेको भन्दै उनले भने, “अस्पताल बर्बाद गर्नेहो भने राजनीति गरौँ ।” 

सेवा क्षेत्रलाई सेवाकै रुपमा अघि बढाउन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारी अस्पतालबाट अहिले पनि ९० प्रतिशत नेपालीले सेवा लिइरहेकाले गुणस्तर विकासमा सरकार लागेको बताए ।  

सबै प्रदेशमा विशिष्ट सेवासहितका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले पूरै नेपालमा गुणस्तरसहितको स्वास्थ्य क्षेत्रको पहुँच पु¥याइने जानकारी गराए । चितवनको भरतपुरलाई देशकै सबैभन्दा ठूलो मेडिकल हवको रुपमा विकास गर्ने भन्दै उनले त्यसका लागि यहाँको भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बीचमा मित्रता आवश्यक रहेको औँल्याए । 
 
सो अवसरमा अस्पतालका अध्यक्ष खेम भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । सरकारी १५० श्यया अनुमति पाएको भरतपुर अस्पतालमा हाल ४५० श्यया विकास समितिले सञ्चालन गर्दै आएको छ । हालै मात्र ५०० श्ययासहितको केन्द्रीय अस्पताल स्वीकृत पाएको भए पनि बजेट र जनशक्ति प्राप्त भइसकेको छैन । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...