तुलसी खाए यस्ता छन् फाइदै–फाइदा

Tulsi ke fayde 1024x768

काठमाडौं । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लिइएको छ । यसैकारण धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले त घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो । खासमा तुलसी पाँच प्रकारका छन । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन ।

यस्ता छन् गुण
- वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ । 
- जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
- अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्राेंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ । 
- यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ । 
- तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
- तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ । 
- नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ । 
- पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
- तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...