अन्तर्राष्ट्रिय अदालतद्वारा चागोस टापुलाई मुक्त गर्न बेलायतलाई निर्देशन

13874691476evzkcwszcewypuvn2ae

काठमाडौं।  अन्तर्राष्ट्रिय अदालतले हिन्द महासागरमा रहेको चागोस टापुलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न बेलायतलाई आदेश दिएको छ । सन् १९६५ मा मोरिसस बेलायतको उपनिवेसबाट मुक्त भएपछि चागोस टापुलाई आफ्नो दाबी गर्दै आएको थियो । तर यसअघि सन् १९६५ मै बेलायतले मोरिससबाट चागोस टापुलाई अलग गरेको घोषणा गरेको थियो ।

मोरिससले १८ औं शताब्दीदेखि नै यो टापुमा आफ्नो अधिकार रहेको भन्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो । उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै बेलायतले १९६५ मा सो टापु हडपेको आरोप लगाएको थियो ।

अदालतले चागोस टापु मोरिससबाट वैध तवरले अलग नभएको फैसला गरेको हो । बेलायतले सो टापुलाई अलग भएको घोषणा गर्नु गैरकानुनी भएको अदालतको ठहर छ ।

अन्तर्राष्ट्रिय अदालतका न्यायाधीश अब्दुलकवी अहमद युसुफले यो टापुबाट आफ्नो शासन तत्काल हटाउनु बेलायतको कर्तव्य भएको बताए ।

मोरिसस सरकारले अघिल्लो वर्ष सुनुवाईका क्रममा चागोस टापुलाई जबरजस्ती बेलायतले हडपेको बताएको थियो । बेलायतले भने यस विषयमा सुनुवाई गर्नु अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार नभएको जनाएको थियो ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...