अनियमित महिनावारीको अचुक औषधि तुलसी, कसरी प्रयोग गर्ने ?

1949583012collage uywa60y24d

काठमाडौं । सामान्यतयाः किशोरी १२/१३ वर्ष पुगेपछि महिनावारी हुन सुरु हुन्छ । यो प्राकृतिक प्रक्रिया हो । महिनावारी हुँदा हल्का पेट दुख्ने, ढाड दुख्ने, स्तन सुन्निने, शरीर भारी हुने, वाकवाकी लाग्ने गर्छ ।

तर आजभोलि व्यस्त जीवनशैली र खानपान तथा व्यायाममा ध्यान नदिदाँ धेरै महिलाहरु महिनावारीसम्बन्धी समस्याबाट ग्रस्त भएका छन् । 

महिनावारीको समयमा धेरै दुखाई, रक्तश्राव, तनाव, चिडचिडापन  महिनावारीमा सामान्य मानिएपनि अनियमित महिनावारी भने ठूलै समस्या हुनसक्ने डाक्टरहरु बताउँछन् । 

महिनावारी २१ देखि ३५ दिनभन्दा अगाडि वा पछाडि हुनुलाई अनियमित महिनावारी भनिन्छ । छिटो छिटो महिनावारी हुनु र धेरै ढिलो महिनावारी हुँदा विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । महिलाहरु महिनावारी अनियमित भएको समयमा विभिन्न प्रकारका औषधिहरुको सेवन गरिरहेका हुन्छन् जुन महिला स्वास्थ्यको लागि घातक सावित हुन सक्छ । 

किन महिनावारी समयमा हुन जरुरी छ ? 

अनियमित महिनावारी महिलाका साझा समस्या बन्दै गएको छ । महिनावारी भएको २१ दिनपछि ३५ दिनसम्म महिनावारी नहुनु र त्यही समस्या बारबार दोहोरिरहनुले महिलाको स्वास्थ्यमा गम्भीर समस्या भएको हुनसक्छ । त्यसैले यस्तो अवस्थामा डाक्टरको सल्लाह लिन अत्यन्तै जरुरी छ । 

कारण

थाइराइड, पेल्विक तथा पीसीओडी जस्ता रोगका कारण महिनावारी अनियमित हुनसक्छ । साथै तौल बढ्दा वा घट्दा, तनाव, गलत डाइट, गर्भ निरोधक औषधिको प्रयोग, अत्याधिक मात्रामा कसरत र स्तनपानले गर्दा महिनावारी अनियमित हुन्छ ।

लक्षण

भोक नलाग्ने, युट्रसमा पीडा, पेट, हात र कम्मर दुखाई, अत्याधिक थकाई, कब्जियत र पखाला लाग्ने जस्ता लक्षण देखा परेमा महिनावारीमा समस्या भएको हुनसक्छ । साथै युट्रसमा र रगतको दाग देखिनु पनि एउटा लक्षण हो । 

तुलसी

अनियमित महिनावारीको एकमात्र अचुक उपाय तुलसी हो । यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत गर्छ । यसमा प्राकृतिक एन्टीअक्सीडेन्ट हुन्छ जसले एन्टी–इन्फ्लामेटरी र एन्टी–माइक्रोबियल गुण पाइन्छ । 

कसरी प्रयोग गर्ने ?

तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ । यसको लागि १० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रुपमा विहान पिउँनुपर्छ । यसले तपाईंको अनियमित महिनावारीको समस्याको समाधान गर्न मद्दत गर्छ । यसका साथै तुलसीको चिया, यसको पानी वा यसको पात खादाँ राम्रो गर्छ । 

सावधानः यदि तपाईं गर्भवती वा मधुमेहको बिरामी हुनुहुन्छ वा एसिटामिनोफेन जस्ता पेनकिलरको सेवन गरिरहनुभएको छ भने तुलसीको प्रयोग नगर्नुहोस् किनकी तुलसी शरीरमा हर्मोनलाई सिधै प्रभाव पार्ने भएकाले यस्ता व्यक्तिका लागि खतरनाहक हुनसक्छ । साथै कलेजो खराब हुनपनि सक्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...