विधेयकविरुद्ध चिकित्सकः १ घण्टा देशैभरका सम्पुर्ण सरकारी अस्पतालमा धर्ना दिने

Thumbnails2 doctors protest

काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकले आज बिहान १० बजेदखि ११ बजेसम्म देशैभरका सम्पुर्ण सरकारी अस्पतालमा विरोध तथा सचेतना धर्ना दिने भएका छन् । सरकारलाई आफ्नो माग पुरा गराउन ७२ घण्टे अल्टिमेटम दिँदै उनीहरुले विरोध जनाउने भएका हुन् ।

चिकित्सकका मागप्रति सरकार गम्भीर नबनेको आरोप लगाउँदै आएको सरकारी चिकित्सक संघ गोदानले हिजो थप विरोधका कार्यक्रमको घोषणा गरेको थियो । मंगलबारसम्म सरकारले समस्या समाधान नगरे बुधबारदेखि देशैभरका सरकारी अस्पतालका आकस्मिक बाहेका अन्य सेवा बन्द गर्ने संघको चेतावनी रहेको छ । गोदानले माग सम्बोधन नभए फागुन १५ गते मनाउन लागिएको स्वास्थ्य सेवा दिवस समेत बहिष्कार गर्ने बताएको छ ।

सहमति अनुसार सरकार अगाडि नबढे देशैभरका सरकारी चिकित्सकको संकलित राजिनामा सरकारलाई बुझाउने तयारी गरिएको गोदानका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् । सरकारले भने चिकित्सकका माग बमोजिम नै विधेयक आएको दाबी गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...