इन्फ्लुएन्जाबाट बच्न यसो गर्नुहोस्

-छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता इन्फ्लुएन्जाका लक्षण हुन् । धुवाँ–धुलोलगायत प्रदूषणबाट यस्ता समस्या निम्तिने भएकाले यसबाट बच्नुपर्छ ।
-चिसो मौसममा इन्फ्लुएन्जाको संक्रमण बढी हुने भएकाले रोगप्रतिरोधी क्षमता बढाउने सन्तुलित खानेकुरामा जोड दिनुपर्छ ।
-सकेसम्म भिडभाडमा जानुहुँदैन । बाहिर हिँड्दा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।
-भाइरल इन्फेक्सन भएकालाई फोक्सोमा संक्रमण हुने सम्भावना चाँडो हुन्छ । त्यसैले, मधुमेह, मुटुरोगी, दम, उच्च रक्तचाप भएका र दीर्घरोगीले सामान्य रुघाखोकी लाग्दासमेत चिकित्सकसँग सल्लाह लिन आवश्यक छ ।
-बालबालिकामा बान्ता हुने भएमा, सय डिग्रीभन्दा माथि ज्वरो आएमा, एक्कासि पखाला लाग्ने भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।
-इन्फ्लुएन्जाले बालबालिका र बुढाबुढीलाई बढी सताउने भएकाले चिसोमा उनीहरूको विशेष ख्याल राख्नुपर्छ ।
-फोहोरका कारण इन्फ्लुएन्जाको संक्रमण चाँडो हुने भएकाले सरसफाइमा ध्यान दिनुपर्छ ।
प्रतिकृया दिनुहोस