अवैध चाँदीसहित एक भारतीय पक्राउ
कपिलवस्तु । आठ किलोभन्दा धेरै चाँदीसहित कपिलवस्तुबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
उत्तर प्रदेशको सिद्धार्थनगर उस्काबजारका ७६ वर्षीय ओमप्रकाश बर्मालाई भारत जाँदै गर्दा तौलिहवाबाट आठ किलो चार सय ग्राम चाँदीसहित पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
बर्मालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।
प्रतिकृया दिनुहोस