ससुरालीबाट घर फर्किने क्रममा भीरबाट लडेर युवकको मृत्यु
गुल्मी । भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका १ लिम्घा निवासी २४ वर्षको शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।
बिहीबार बिहान ससुरालीबाट घर फर्किने क्रममा लिम्घाको चोक भलाए भन्ने भीरबाट लडेर मृत्यु भएको प्रहरी जनाएको छ ।
बिक भिरबाट लडेर करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस