भारी हिमपातका कारण सडक अवरुद्ध हुँदा उपभोग्य वस्तु अभाब

Himpaat yatayat thappa1

मुगु । भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करिब एक महिनादेखि अवरुद्ध छ । सडक खुलाउने प्रयास गरिए पनि अझै सडक खुलाउन सकिएको छैन ।

डोजरले नाग्म गमगढी राजमार्गको हिउँ पन्छाउने काम गरी सडक खुलाउने काम गरेको भए पनि हिमपात भइरहने र नरोकिने कारणले डोजरले पनि पन्छाउन सजिलो छैन ।

पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । उनका अनुसार डोजरले हिउँ पन्छाएर सडक खुलाउन प्रयास भइरहे पनि हिमपात भइरहँदा सम्भव भएको छैन ।


सडक अवरुद्ध हुदाँ गमगढी बजारमा उपभोग्य सामग्रीअभाव बढ्दै गएको छ । सदरमुकाममा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको हो ।

सडकमार्ग अवरुद्ध भई ग्यास ढुवानी हुन नसकेपछि गमगढी बजारमा ग्यास सिलिण्डर सकिएको छ। ग्यास अभाव भएपछि स्थानीयलाई खाना पकाउन समस्या हुन थालेको छ ।

गोदाममा ग्यास सकिँदा किन्न आएका ग्राहक रित्तै फर्किन थालेको व्यापारी बताउँछन् । गमगढी बजारमा ग्यास सिलिण्डर अभाव हुँदा स्थानीयवासी दाउरा किनेर खाना पकाउन बाध्य छन् ।

हिमपातले लामो समयसम्म सडक बन्द भएपछि गमगढी बजार क्षेत्रमा दैनिक उपभोग्य समानको अभाव हुँदै जान थालेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए ।

अवरुद्ध सडक खुलाउन सरोकारवाला निकायबाट पहल भए पनि हिमपात नरोकिँदा समस्या भएको उनको भनाइ छ । बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउ लगायतको मौज्दात घटेको छ। गमगढीमै दैनिक उपभोग्य वस्तुअभाव हुन थालेपछि गाउँबाट किन्न आएका उपभोक्ता मर्कामा परेका छन ।


खत्याड गाउँपालिका जोड्ने कालाकाँडा सडक खण्ड पनि हिमपातले एक महिनादेखि बन्द हुँदा त्यस क्षेत्रमा पनि विकास निर्माणका काम प्रभावित छन । दैनिक उपभोग्य वस्तुलगायतको अभाव चुलिएको स्थानीयको भनाइ छ ।

खत्याड गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधि अभाव सुरु हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । रारा जेउडे हुँदै निगाल जाने बाटो हिउँका कारण बन्द भएपछि स्थानीयको आउजाउ रोकिएको छ ।

बाटोमा करिब पाँच फिट हिउँ जमेपछि आवतजावत गर्न समस्या भएको स्थानीय गणेश टमटाले बताए । उनका अनुसार खत्याड गाउँपालीका गाउँबाट सदरमुकाम गमगढीमा पुग्न २ दिनसम्म पैदल हिड्नुपर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...