प्रहरीद्धारा पाँचथरबाट बहुविवाह गर्ने एक जोडी पक्राउ

Pakrau jodi

पाँचथर । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर प्रहरीले जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पक्राउ गरेको छ ।

श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन् ।

राईको जाहेरीका आधारमा उक्त जोडीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...