ढोंगी ज्योतिषको बिगबिगी, जोगिन ज्योतिषकै आह्वान

Dohe jyotish

काठमाडौं । आजभोली काठमाडौंका गल्लिगल्ली र चोकचोकमा ज्योतिषहरुले पसल थापेका छन् । उनीहरुको काम भनेको सोझा सिधा बटुवालाइृ आकिर्षत गर्ने र पैसा धुत्ने नै हो । यतिसम्मकी सडक पेटीमै पात्रो फिजाएर पनि बटुवाको पैसा धुत्ने गरेको पाइएको छ ।

पछिल्लो समयमा ज्योतिषको नाममा विभिन्न हल्ला फैलाउने र ग्राहक आफुतिर तान्न होडवाजी नै चलेको छ । यसले नेपालको ज्योतिष विधामाथि नै धावा बोलिरहेको छ ।

यस्तो अवस्था आएपछि र ज्योतिष विधामै नकारात्मक असर पार्न थालेपछि व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिष सम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् ।

विश्व ज्योतिष महासङ्घ, दक्षिण एशियाली ज्योतिष महासङ्घ र नेपाल ज्योतिष परिषद्ले संयुक्तरुपमा गठन गरेको अनुगमन समितिले एक वक्तव्य जारी गर्दै सो आग्रह गरेको हो ।

ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख नभएका तथा पुराना ज्यातिषको अनुभव भन्दा फरक किशिमले फलादेशबारे प्रचार-प्रसार गरिएको पाइएको अनुगमन समिति संयोजक एवं वाल्मीकि विद्यापीठ ज्योतिष विषयका उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले बताए ।

यस्तो विज्ञापन केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत फैलिएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिबाट जोगिन सर्वसाधारणलाई सुझाव दिनाका साथै शास्त्रीय मर्यादा विपरीत प्रचार–प्रसार गरी जनतालाई भ्रममा पार्न खोज्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनसमेत समितिले सरकारसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...