अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५ जनाको मृत्यु भएको छ ।
इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमै अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन् ।
प्रहरीले गरेको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ । घटनामा ५ जना प्रहरी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
पानीका ठूला पाइपका लागि चाहिने भल्भ निर्माण गर्ने हेनरी प्राट्ट कम्पनीमा कार्यरतमाथि आक्रमण भएको हो ।
कम्पनीमै कार्यरत ४५ वर्षका ग्यारी मार्टिनले अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।
प्रतिकृया दिनुहोस