सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरुलाई चीनले लगायो रोक

Road to everest base camp koltenbdi3

काठमाडौं  । चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प(आधार शिविर) घुम्न जाने पर्यटकहरुलाई रोक लगाएको छ । चिनियाँ सञ्चार माध्यमहरुले जनाएअनुसार सगरमाथाको बेस क्याम्पमा फोहोरको डङ्गुर थुप्रिएपछि त्यसको सरसफाइका लागि केही समय पर्यटकलाई भ्रमण गर्न रोक लगाइएको हो ।

 
प्रतिबन्ध सामान्य पर्यटकलाई मात्रै लगाइएको र सगरमाथा आरोहीहरुका लागि भने प्रतिबन्ध नरहेको सिन्ह्वाले जनाएको छ ।

समुद्री सतहबाट झण्डै ५ हजार मिटरमा रहेको रङ्पो गुम्बाबाटै पर्यटकलाई प्रवेशमा रोक लगाइएको चिनियाँ प्रकृति संरक्षणका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिन्ह्वाका अनुसार पर्यटकहरुलाई अहिले भएको आधार शिविरभन्दा दुई किलोमिटर वर नै अर्को आधार शिविर बनाइने भएको छ । पछिल्लो समय चीनतर्फ र नेपालतर्फबाटै सगरमाथाको आधार शिविरसम्म घुम्न जाने पर्यटकको संख्या बढिरहेको छ ।

गएको वर्ष मात्रै सगरमाथा आरोहण गर्नेको संख्या ८ सय भन्दा बढी रहेको थियो ।  तर बढ्दो आरोही र पर्यटकको संख्याले भने सगरमाथा क्षेत्रमा निकै नै प्रदूषण बढ्दै गैरहेको छ । चीनले सरसफाइका साथै सगरमाथा क्षेत्रमा रहेका आरोहीका शवहरु पनि हटाउने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...