इरानमा आत्मघाती बम हमलामा परी २७ जनाको मृत्यु
काठमाडौं । इरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा २७ जना सुरक्षा गार्डको मृत्यु भएको छ । आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेका थिए ।
आक्रमणमा अन्य २० जना घाइते भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सुन्नी–मुस्लिम चरमपन्थीले समूह जैश अल–अदहलले हमलाको जिम्मेदारी लिएको छ । सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समूहले सन् २०१२ देखि सशस्त्र सङ्घर्ष गर्दै आएको छ ।
जैश अल–अद्ल समूहले शियातन्त्रले सुन्निहरुको साथ भेदभाव गर्दै आएको आरोप लगाएको छ ।
प्रतिकृया दिनुहोस