स्थानीय तहबाटै आर्थिक सहायता वितरणको तयारी सुरु

Mirtu bidesh

काठमाडौँ । स्थानीय तहबाटै विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पीडितका परिवारलाई सरकारले दिने आर्थिक सहायता वितरणको तयारी सुरु गरेको छ ।

अहिले आर्थिक सहायता लिन काठमाडौँमा रहेको बोर्डको सचिवालयमै आउनुपर्ने व्यवस्था रहेकोमा पीडित परिवारलाई अब स्थानीय तहबाटै दिने तयारी गरेको हो ।

यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निर्दे्शिका तयार पारेको छ । बोर्डले तयार पारेको निर्दे्शिका अहिले मन्त्रालयमा रहेको भन्दै बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले निर्दे्शिका छिट्टै मन्त्रीपरिषदबाट स्वीकृत हुने बताए ।

यो निर्दे्शिका पारित भएपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अङ्गभङ्ग भएका व्यक्तिका परिवार आर्थिक सहायता लिन काठमाण्डौ आउनुपर्ने छैन ।

आर्थिक सहायताका स्थानीय तहबाटै प्रक्रिया सुरु गरेर त्यहीँबाट पाउने गरी निर्दे्शिका तयार पारिएको श्रेष्ठले बताए ।

वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारीका क्रममा करार अवधिभित्रमा ज्यान गुमाएकाका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् ।

त्यसका लागि अहिलेसम्म काठमाडौँ नै आउनुपर्ने व्यवस्था छ । मृत्यु भएको एक वर्षभित्रमा निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले आर्थिक सहायता पाउन विदेशको करार अवधि बाँकी नै रहेको प्रमाणित हुने कागजात, मृतकको राहदानी, बिबाहित भए श्रीमान श्रीमतीको नाता प्रमाणित हुने कागजात, अबिबाहित भए अभिभावकसँग नाता खुल्ने कागजातसहित निवेदन दिनुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...