भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, चालक सकुशल
काठमाडौं । भारतीय वायुसेनाको लडाकु विमान मिग–२७ दुर्घटनाग्रस्त भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा पाइलट सुरक्षित रहेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना राजस्थानको पोखरण रेञ्जमा साँझ ६स्१० बजे भएको थियो ।
विमान के कारणले दुर्घटना भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भारतीय वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएको छ । विमान प्रशिक्षण उडानमा रहेको थियो ।
प्रतिकृया दिनुहोस