मेक्सिकोका कुख्यात लागूऔषध तस्कर गुजम्यान विभिन्न १० आरोपमा दोषी ठहर

7darrbwviplkjqwj877h

काठमाडौं । मेक्सिकोका कुख्यात लागूऔषध तस्कर अल च्यापो गुजम्यान विभिन्न आरोपमा दोषी ठहर भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित एक संघीय अदालतले गुजम्यानलाई १० विभिन्न आरोपमा दोषी ठहर गरेको हो ।

६१ वर्षीय गुजम्यानले अवैध लागूऔषध कोकिन र हेरोइनको तस्करी गरेको, अवैधरुपमा हतियार राखेको र मुद्रा अपचलन गरेकोलगायतका आरोपमा दोषी ठहर गरिएको हो ।

उनलाई दिइने सजाय भने सुनाउन बाँकी छ । अदालतले सजाय सुनाएपछि उनको पुरै जिन्दगी जेलमै बित्न सक्ने छ । अल च्यापोले मेस्सिकोको जेलमा सुरुङ बनाएर भागेपछि सन् २०१६ को जनवरीमा गिरफ्तार गरिएको थियो ।

उनलाई २०१७ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनीमाथि अमेरिकामा लागूऔषध तस्करी गर्ने गरेको आरोप लागेको थियो ।

उनी अमेरिकामा लागूऔषध भित्र्याउने सबैभन्दा ठूला व्यक्ति भएको मानिएको छ । अदालतले ११ हप्तासम्म विभिन्न पक्षको बहस सुनेपछि गुजम्यानलाई दोषी ठहर गरेको हो ।

१९५७ मा एक किसान परिवारमा जन्मिएका गुजम्यान अफिम र गाँजा खेतीमा काम गर्दै आएका थिए । उनले त्यहिँबाट लागूऔषध तस्करी गर्न थालेको बताइएको छ । उनको समूह अमेरिकामा लागूऔषध तस्करी गर्ने सबैभन्दा ठूलो समूह भएको मानिएको छ ।

सन् २००९ मा अमेरिकी फोब्र्स पत्रिकाले विश्वका धनीको सूचीमा उनको नाम ७ सय १ नम्बरमा राखेको थियो ।

त्यस बेला उनको कुल सम्पत्ति करिब १ बिलियन डलर रहेको बताइएको छ ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने

Teacher aandolan ktm

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...