सिन्धुली र रामेछापमा सकियो स्वास्थ्य शिविर, सयौंले गरे स्वास्थ्य परिक्षण
काठमाडौं । सिन्धुली र रामेछापमा भएको बृहत निःशुल्क स्वास्थ्य शिबिरबाट सयौ लाभान्वित भएका छन् ।
राष्ट्रिय युवा परिषद नेपाल र युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको समन्वयमा विहीबार सिन्धुलीको खाङसाङ र शनिबार रामेछापको गाल्पामा भएको शिविरमा सो क्षेत्रका एक हजारभन्दा बढीलो स्वास्थ्य परिक्षण गराए ।
सो शिविरमा ३ जना बरिष्ठ चिकित्सक, ६ चिकित्सक तथा ९ जना नर्स सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको राष्ट्रिय युवा परिषद नेपालका प्रशासकीय प्रमुख नारायण कृष्ण श्रेष्ठले जानकारी दिए ।
दुई जिल्लाको निःशुल्क स्वास्थ्य शिविरमा दात, हात खुट्टा, ढाड कम्मर पोल्ने, झमझमाउँने, बाथ रोग युरिक एसिड, सुगर रोग, मुटुको समस्या, नाक, कान घाटीसम्बन्धी समस्या, खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने विरामलिे स्वास्थ्य परिक्षण गराएका थिए । त्यसैगरी स्त्रीसम्बन्धी महिनामारी अनियमित हुने लगायत रोगका बिरामीहरु आएका थिए ।
स्वास्थ्य परिक्षणमा आएका धेरै जसोको स्वास्थ्य परिक्षण गर्दा स्वासप्रश्वास सम्बन्धी दमको रोग, ग्यास्टीकका धेरै बिरामी भेटिएको थिए । संस्थाका अध्यक्ष डा. रमनले शिविरमा परामश केन्द्र नै राखेर स्वास्थ्य सम्बन्धी सचेतनामूलक जानकारी दिइएको र यस्ता समस्याको न्युनीकरणको लागि अपनाउन सकिने घरेलु उपायबारे समेत जानकारी दिएको बताए ।
युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपाल ‘राष्ट्र विकासका लागि हरेक नेपाली जनतामा स्वास्थ्यको सुनिश्चितता’ भन्ने नारा साथ स्थापीत संस्थाले आधारभूत विशेषज्ञ चिकित्सकीय सेवाको पहुँचबाट टाढा रहेका ती जिल्लामा स्वास्थ्य परिक्षण गरिएको डा.चन्दन रमनले बताए ।
दुर्गम क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजताका लागि गाउमै विशेषज्ञ सहितको सेवा दिने उदेश्य सहित शिविर आयोजना युवा परिषदकी उपसचिव चन्दा थापाले बताईन् ।
प्रतिकृया दिनुहोस